श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

पाेखरा | साउन १०, २०८१

श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

पोखरा:   एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ ।

 

श्रीकृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा  आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमीदेखि भदौ १० गते भाद्र कृष्ण अष्टमीसम्म  श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजना गर्न लागेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा बुधवार पोखरामा कलश यात्रा सम्पन्न भएको हो ।

 

श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक,  पृथ्वीचोक, नागढुंगा, चरक हस्पिटल, इन्द्रपुरी टोल, जनप्रियमार्ग हुँदै पुन श्रीकृष्ण प्रणमी मन्दिरमा पुगी सम्पन्न भएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।

 

अध्यक्ष ढकालका अनुसार आगामी श्रावण कृष्ण पञ्चमीदेखि भदौ १० गते भाद्र कृष्ण अष्टमीको दिनसम्म एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रामार्फत पोखराको विभिन्न ठाउहरुको परिक्रमा गरिएको हो । उक्त प्रवचन कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज ज्यूको मुखारविन्दबाट संगीतमय कथा प्रवचन हुनेछ ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।    पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ...

थप पढ्नुहोस्

काठमाडौँ:   प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।   निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्ति...

थप पढ्नुहोस्

 पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।   विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...

थप पढ्नुहोस्